मेरो बारेमा(About Me)


नेपाल को पहिलो महिला राष्ट्रपती तथा प्रदेश नम्बर एक को पहिलो मुख्य मन्त्री को जिल्लामा, रण बहादुर कार्की पुण्यमाया कार्की को जेठो सन्तान , जेठो छोरा जेठि बुहारी भक्त बहादुर कार्की कमला कार्की को जेठो छोरा, छैठौ सन्तानका रुपमा दुबे, केउरेनिपानी- दिङ्ला, साबिक शडानन्द नगरपालिका मा २०५० साल मङ्सिर १८ गते बिहीवार का दिन जन्मिएको दुर्लभ मनुस्य प्राणी, जस्को नेपाली शब्दकोश मा अर्थ हुन्छ पाउन कठिन्, अर्थ अनुसार नै जना दिदी हरु पछी मात्र पाएको रहर को छोरा, यसैले हुनुपर्छ भौतिक दु: खासै गर्नु परेन। बुवा प्राथमिक तहको शिक्षक भएकाले स्कुल पढ्न लाई नि नपाइने भएन तर स्कुल जान भने कठिन् चाँही हुन्थ्यो किनकी पहाड को ठाउँ भएकाले नजिकै स्कुल थिएन यसरी नै थोरै बाल्यकाल दुबे मा बिताएपछी केउरेनीपानी कै दुबे बाट मोहोरिया सरियो शुभद्रा पञ्चकन्या, केउरेनिपानी सरस्वती निमावि, अरुण मा वि मा मेरो पहाड बसाइ को स्कुले जीवन बित्यो त्यस्पछी भने सुख खोज्न सुखी जीवन बिताउन तराइ झरियो यसरी नै बाँकी आइटि ग्राजुएशन सम्मको पढाई तराइ कै प्रदेश नम्बर एक को सुनसरी जिला को इटहरी मा बसेर सकियो  to be continue.....